काठमाडौं । नेपाल र पाहुना टोली युनाईटेड अरब इमिरेट्स (युएई) बीचको एकदिवसीय अन्तराष्ट्रिय सिरिजको टिकट मूल्य तय भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार सिरिजको टिकट मूल्य तय गरेको हो ।
क्यानले सिरिजको टिकट मूल्य २ सय राखिएको जनाएको छ । टिकट प्रभु पेबाट किन्न सकिनेछ ।
यस्तै सिरिजमा प्लेयर अफ द सिरिज बन्ने खेलाडीले नगद ५० हजार पाउने छन् । हरेक खेलको म्यान अफ द म्याचले २० हजार नगद पाउने छन् ।
नेपालले युएईसँग तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्ने छ ।
टियु क्रिकेट मैदानमा हुने पहिलो एकदिवसीय भोलि सोमबार हुनेछ ।
सिरिजका लागि नेपालले रोहित कुमार पौडेलको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा गरिसकेको छ ।
