काठमाडौं । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको फाइनलमा पाकिस्तानले सुरुआतमा ब्याटिङ गर्ने भएको छ ।
मेलबर्न क्रिकेट मैदानमा इंग्ल्यान्डले टस जितेर पहिले फिल्डिङ रोजेपछि पाकिस्तानले सुरुआतमा ब्याटिङ गर्ने भएको हो ।
आज दुबै टोली उपाधि उचाल्ने योजनासहित मैदान उत्रिएका छन् ।
इंग्ल्यान्ड दोस्रो सेमिफाइनलमा भारतलाई हराउँदै फाइनल पुगेको हो । पहिलो सेमिफाइनलमा पाकिस्तानले न्युजिल्याण्डलाई पराजित गरेको थियो ।
यि दुई टोलीबीच हालसम्म २८ टी-ट्वान्टी खेल भएकामा १८ खेलमा इंग्ल्यान्ड विजेता हुँदा ९ खेलमा पाकिस्तानले जितेको छ । एक खेल भने नतिजा विहीन भएको छ । दुई देशबीचको पछिल्लो पाँच टी-ट्वान्टी खेलमा ३ खेलमा इंग्ल्यान्ड र २ मा पाकिस्तान बिजयी भएको छ ।
टी-ट्वान्टी विश्वकपमा हालसम्म यि दुई देश दुई पटक आमने सामने भएकोमा दुवै पटक इंग्ल्यान्ड विजयी भएको छ ।
यस विश्वकप जुन राष्ट्रले जिते पनि दोस्रो पटक च्याम्पियन बन्ने छन् । यस अघि वेस्ट इण्डिजले मात्र यो सफलता प्राप्त गरेको थियो । २०१२ को चौथो तथा २०१६ को छैठौं संस्करणमा च्याम्पियन बनेको वेस्ट इण्डिजले यो किर्तिमान बनाएको हो ।
प्लेइङ ११
इंग्ल्यान्ड - जस बटलर(कप्तान/विकेटकिपर), एलेक्स हेल्स, फिलिप साल्ट, बेन स्टोक्स, ह्यारी ब्रुक, लियाम लिभिङस्टोन, मोईन अली, साम करन, क्रिस जोर्डन, क्रिस वोक्स र आदिल राशिद
पाकिस्तान - मोहम्मद रिजवान (विकेटकिपर), बाबर आजम (कप्तान), मोहम्मद हरिस, शान मसुद, इफ्तिखार अहमद, शादब खान, मोहम्मद नवाज, मोहम्मद वासिम जुनियर, नसिम शाह, हरिस रौफ र शाहिन शाह अफ्रिदी