काठमाडौं । सन् २०२७ को आईसीसी यू-१९ महिला विश्वकप नेपाल र बंगलादेशले संयुक्त आयोजना गर्ने भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आइतबार २०२७ को यू-१९ महिला विश्वकप नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने निर्णय गरिएको जनाएको छ ।
बोर्ड बैठकबाट २०२४ देखि २०२७ सम्म यू-१९ विश्वकपको आयोजकलाई अनुमोदन गरेको आईसीसीले जनाएको छ ।
यस्तै २०२५ को यू-१९ महिला विश्वकप मलेसिया र थाइल्याण्डमा संयुक्त आयोजना हुनेछ ।
त्यस्तै २०२४ को आईसीसी यू-१९ पुरुष विश्वकप श्रीलंका तथा २०२६ को यू-१९ पुरुष विश्वकप जिम्बावे र नामिबियाले संयुक्त रुपमा आयोजनाको जिम्मा पाएको छ ।
