काठमाडौं । नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्र सिंह ऐरी पीएम कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चयन भएका छन् ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार सकिएको प्रतियोगितामा दीपेन्द्र सर्वोत्कृष्ट चयन भएका हुन् । दीपेन्द्रको टोली पुलिस सेमिफाइनलमा पराजित भएको थियो ।
सर्वोत्कृष्ट बनेसँगै दीपेन्द्रले ५० हजार नगद प्राप्त गरे ।
दीपेन्द्र प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान समेत चुनिए । उनले २० हजार प्राप्त गरे ।
पुलिसकै करण केसी उत्कृष्ट बलर चुनिए । उनले २० हजार प्राप्त गरे ।
इमर्जिङ प्लेयरको अवार्ड मौषम ढकालले प्राप्त गरे । एपीएफका उनले १० हजार नगद पाए ।