काठमाडौं । नेपालसँगको तीन एकदिवसीय अन्तराष्ट्रिय सिरिजका लागि यूएईले १५ सदस्यीय टिम घोषणा गरेको छ ।
टोलीमा रोहन मुस्ताफाले पुनरागमन गरेका छन् ।
नेपालले युएईसँग तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्ने छ ।
पहिलो एकदिवसीय नोभेम्बर १४ मा हुनेछ ।
यस्तै दोस्रो एकदिवसीय नोभेम्बर १६ र अन्तिम तथा तेस्रो एकदिवसीय नोभेम्बर १८ मा हुनेछ ।
यस सिरिजका लागि नेपालले शुक्रबार रोहित कुमार पौडेलको कप्तानीमा १६ सदस्यिय टोली घोषणा गरेको छ ।
यूएईको टोली आज बेलुका नेपाल आईपुग्ने छ ।
