काठमाडौं । पीएम कपको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मीले नेपाल एपीएफ क्लबलाई जितका लागि १ सय ८० रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको आर्मी ३९ ओभरमा अलआउट हुदै १ सय ७९ रन बनायो ।
आर्मीका ओपनर सोमपाल कामी शून्य रनमा आउट हुँदा अर्का ओपनर अर्जुन साउद १३ रनमा बनाए । हरि चौहानले १५ रन, बिक्रम सोब ६ तथा कप्तान बिनोद भण्डारी ११ रनमा आउट भए । राजेश पुलामी १८ रनमा आउट भए ।
यस्तै युवा ब्याटर तथा राष्ट्रिय टोलीका नवनियुक्त कप्तान रोहित कुमार पौडेल ४९ रन बनाए । शुसन भारीले १९ रनमा आउट भए । जितेन्द्र मुखिया २४ रनमा अविजित रन रहे ।
अन्तिम विकेटका लागि शुसन भारी र जितेन्द्र मुखियाले ४७ रनको साझेदारी गरे ।
यता एपीएफका लागि अमर सिंह रौटेला र मौसम ढकालले समान ३/३ विकेट लिदाँ किशाोर महतोले २ विकेट लिए ।
शुकबार भएको दोस्रो सेमिफाईनल खेलमा नेपाल पुलिस क्लबलाई पराजित गरि आर्मी फाइनलमा पुगेको हो । पुलिसविरुद्धको खेल आर्मीले १ बल बाकीँ रहँदा २ विकेटले खेल जितेको थियो ।
नेपाल एपीएफ क्लब पहिलो सेमिफाइनलमा बिहीबार मधेश प्रदेशलाई पराजित गरेर फाइनलमा प्रवेश हो । यस अघि यसै संस्करणको समूह चरणमा भएको खेलमा आर्मी ५६ रनले पराजित भएको थियो ।
यस प्रधानमन्त्री कप एकलिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आर्मी पाँचौ पटक फाईनल पुगेको हो । यता, एपीएफ भने तेस्रो पटक फाईनल पुगेको हो ।
प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन्। यस्तै उपविजेताले ५ लाख पाउने छन् ।
त्यस्तै उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार तथा इमर्जिङ प्लेयरले १० हजार पाउने छन्।