काठमाडौं । पीएम कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनल खेल आज शनिबार हुँदैछ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९ बजे सुरु हुनेछ ।
आज दुबै टोली उपाधि जित्ने योजनासहित मैदान उत्रने छन् । त्यसैले खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।
एपीएफ पहिलो पहिलो सेमिफाइनलमा मधेश प्रदेशलाई हराएर फाइनलमा प्रवेश गरेको हो ।
दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई हराउँदै आर्मीले फाइनलमा एपीएफसँगको भेट पक्का गरेको हो ।
प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ५ लाख पाउने छन् ।
त्यस्तै उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार तथा इमर्जिङ प्लेयरले १० हजार पाउने छन्।