काठमाडौं । न्युजिल्याण्डविरुद्धको सिरिजमा भारतको प्रशिक्षक भीभीएस लक्ष्मण रहने भएका छन् ।
नियमित मुख्य प्रशिक्षक राहुल द्रविड बिदामा बसेपछि न्युजिल्याण्डविरुद्ध लक्ष्मणले भारतीय टोली सम्हाल्ने भएका हुन् ।
टी-ट्वान्टी विश्वकपमा सेमिफाइनलबाट बाहिरिएपछि मुख्य प्रशिक्षक राहुल बिदामा बसेका छन् ।
भारतले घरेलु टोली न्युजिल्याण्डविरुद्ध टी-ट्वान्टी र एकदिवसीय सिरिज खेल्नेछ । दुबै सिरिज तीन खेलको हुनेछ ।
पहिलो टी-ट्वान्टी आगामी शुक्रबार हुनेछ । यस्तै पहिलो एकदिवसीय नोभेम्बर २५ मा हुनेछ ।