काठमाडौं । आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डले पाकिस्तानलाई जितका लागि १ सय ५३ रनको लक्ष्य दिएको छ ।
सिड्नीमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५२ रन बनायो ।
न्युजिल्याण्डका लागि ड्रयाल मिचेलले अविजित रहदै सर्वाधिक ५३ रनको अर्धशतकीय इनिङ खेले ।
जेम्स निशमले अविजित १६ रन बनाए ।

कप्तान केन विलियम्सनले ४६ रन बनाए ।
डेभोन कोन्वेले २१ रन बनाउँदा ग्लेन फिलिप्सले ६ र फिन एलनले ४ रन जोडे ।
पाकिस्तानका शाहिन शाह अफ्रिदीले २ विकेट लिए । मोहमद नवाजको नाममा एक विकेट रह्यो ।