काठमाडौं । पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई जितका लागि २ सय ७४ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४९ ओभर १ बलमा अलआउट हुँदै २ सय ७३ रन बनायो।
पुलिसका लागि आरिफ शेख, अमित श्रेष्ठ र कप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाए ।
आरिफले ७३ रनको अर्धशतकीय इनिङ खेल्दा अमित श्रेष्ठले ६५ रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै दीपेन्द्रले ५१ रनको अर्धशतकीय इनिङ खेले ।
दिलिप नाथले ४० रन जोड्दा सुनिल धमला ११ रनमा आउट भए ।
मधेशका रुपेश सिंह र राजेश यादवले ३/३ विकेट लिए । आदील आलमले २ विकेट लिए ।