काठमाडौं । घरेलु टोली अष्ट्रेलियाले इंग्ल्यान्डविरुद्धको एकदिवसीय अन्तराष्ट्रिय सिरिजका लागि टोलीको घोषणा गरेको छ।
अष्ट्रेलियाले प्याट कमिन्सको कप्तानीमा १४ सदस्सीय टोलीको घोषणा भएको हो । कमिन्सले पहिलो पटक एकदिवसीय टोलीको कप्तानी गर्न लागेका हुन् ।
अष्ट्रेलिया र इंग्ल्यान्डबीचको तीन खेलको एकदिवसीय सिरिज हुनेछ । दुई टोलीबीचको खेल १७,१९ तथा २२ नोभेम्बरमा रहेको छ ।
