काठमाडौं । पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित निकालेको छ ।
मुलपानी क्रिकेट मैदानमा सोमबार कर्णाली प्रदेशलाई ५ विकेटले हराउँदै सुदुरपश्चिमले पहिलो जित निकालेको हो ।
कर्णालीले दिएको १ सय ५१ रनको लक्ष्य सुदुरपश्चिमले २९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।
सुदुरपश्चिमका लागि गजेन्द्र बोहराले ४१ रन जोडे ।
यस्तै शेर मल्लले अविजित ३४ रन जोड्दा राजु रिजालले अविजित २४ रन बनाए ।
टेक रावलले १८ रन बनाए ।
कर्णालीका रविन्द्र शाहीले ३ तथा दिवन पुनले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ३८ ओभर १ बलमा अलआउट हुँदै १ सय ५० रन बनाएको थियो ।
कर्णालीका लागि अर्जुन घर्तिले ७० रनको अर्धशतकीय इनिङ खेले । सुवास एयरले २४ रन बनाए ।
हिमान्सु शाही १२ रनमा आउट भए ।
सुदुरपश्चिमका नारायण जोशीले ४ विकेट लिए । हेमन्त धामीले ३ विकेट तथा गजेन्द्र बोहराले २ विकेट लिए ।
प्रतियोगिताबाट बाहिरिसकेको सुदुरपश्चिमको यो सान्त्वना जित हो ।
समूह १ को सुदुरपश्चिमले ४ खेलमा २ अंक जोडेको छ ।
कर्णालीको यो लगातार तेस्रो हार हो ।
कर्णाली ३ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ ।