स्याङ्जा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा एपीएफ क्लबले फराकिलो जित निकालेको छ।
शनिबार भएको खेलमा एपीएफले कर्णाली प्रदेशलाई १६–० गोल अन्तरले पराजित गरेको हो ।
खेलको ५ औं मिनेटमा एपिएफकी सावित्रा भण्डारीले पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिईन । लगत्तै खेलको ९ औं मिनेटमा एपिएफकी अनिता केसीले दोस्रो गोल गरिन् ।
खेलको १३ औं मिनेटमा सावित्रा भण्डारीले व्यक्तिगत दोस्रो गोल गरिन भने १८ औं मिनेटमा सावित्राले टोलीका लागि चौथो गोल गदै ह्याट्रिक पूरा गरिन् ।
खेलको १९ औं मिनेटमा सरु लिम्बुले पाँचौ गोल गरिन भने २१ औं मिनेटमा प्रिति राईले छैँटौँ गोल गरिन । २७ औं मिनेटमा अनिताले, ३६ औं मिनेटमा सरुले, ४५ औं मिनेटमा सावित्रा व्यक्तिगत चौथो गोलसँगै टोलीलाई ९ गोलको अग्रता दिलाईन ।
सविता रानाले पहिलो हाफको इन्जुरी समयमा एपीएफका लागि १० औं गोल गरिन ।
खेलको ४८ औं मिनेटमा सरु लिम्बुले ह्याट्रिक पूरा गदै टोलीका लागि ११ औं गोल गरिन । ५२ औं मिनेटमा सावित्राले, ६१ औं मिनेटमा मनमाया लिम्बुले, ७१ औं मिनेटमा गिता रानाले र खेलको ८३ औं र ८६ औं मिनेटमा रविना गोलेले टोलीका लागि १५ औं र १६ औं गोल गरिन ।