पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला राष्ट्रिय हक्की प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुआत गरेको छ ।
गण्डकी बोर्डिङ स्कुल पोखराको मैदानमा बिहीबार भएको उद्घाटन खेलमा गण्डकीले प्रदेश-१ लाई ७-० गोलले हराएर सुखद सुरुआत गरेको हो ।
गण्डकीको जितमा कमला पुनले ३ तथा सोनु बरालले २ गोल गरिन् । यस्तै सबिना पुन राना
सोनु बरालले पुन र दिपशिखा पौडेलले एक एक गोल गरिन् ।
यसअघि उद्घाटन खेल बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशबीच हुने भनिएको थियो । तर, खेलाडीले समयमा जर्सी नपाएपछि खेल ६ घण्टा ढिला सुरु भएको खेलमा गण्डकी र प्रदेश १ को प्रतिस्पर्धा गराइएको हो ।
आजै हुने दोस्रो खेल बागमती र सुदुरपश्चिम प्रदेशबीच हुँदैछ । ७ टिम सहभागी रहेको प्रतियोगितामा दैनिक दुई खेल हुनेछ।