इटहरी । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश नम्बर १ बाट खेल्ने विभिन्न सात खेलका १ सय २३ जना खेलाडीलाई मंगलबार बिदाइ गरिएको छ ।
प्रदेश एक सरकारका सामाजिक विकास मन्त्री राजन राई, प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव लगायतको टोलिले मंगलबार सात खेलका खेलाडीलाई बिदाइ गरेको हो ।
मंगलबार प्रदेश एकले भलिबल, फुटबल, हक्की, साइक्लिङ, फुलक्न्याक्ट कराते र बुद्धीचालका खेलाडीहरुलाई बिदाइ गरेको हो ।
मंगलबारको टोलीमा १ सय २३ जना खेलाडीलाई बिदाइ गरिएको बोर्डका सदस्य सचिव हंशराज वाग्लेले जानकारी दिए।
प्रदेश एकले यसअघि नै महिला क्रिकेट टिममा १६ र ह्याण्डबलको पुरुष, महिला दुवै टिम र फेन्सिङको गरी ५९ जनाको टिमलाई गण्डकी प्रदेशमा पठाइसकेको छ ।
असोज २८ गतेदेखि कार्तिक ३ गते सम्म आयोजना हुने कार्यतालिका भएपनि केहि खेल सकिएको र केहि खेल भईरहेको छ ।