काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी पूर्व उपकप्तान सीता राना मगरको ब्याटिङ वरीयता यथावत रहेको छ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले अपडेट गरेको नयाँ वरीयतामा सीता ब्याटिङतर्फ ७० औं स्थानमा यथावत रहेकी छिन् ।
नेपालका कप्तान रुबिना क्षेत्रीको बलिङ र ब्याटिङ वरीयता भने शीर्ष १०० भन्दा तल झरेको छ । यस अघि उनको वरीयता शीर्ष १०० भित्र पर्दै आएको थियो ।
बलिङतर्फ नै नेपालकी कविता कुवँर ९५ औं स्थानमा यथावत रहेकी छिन् ।