काठमाडौं । न्युजिल्याण्डमा जारी त्रिदेशीय टी-ट्वान्टी सिरिज अन्तर्गत चौथो खेलमा घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानलाई हराएको छ ।
क्राइसचर्चमा न्युजिल्याण्डले पाकिस्तानलाई ९ विकेटले हराएको हो ।
पाकिस्तानले दिएको १ सय ३१ रनको लक्ष्य न्युजिल्याण्डले १६ ओभर १ बलमा १ विकेट गुमाएर पूरा गर्यो ।

न्युजिल्याण्डको जितमा फिन एलेनले ६२ रनको अर्धशतकीय इनिङ खेले । डिभेन कन्वेले अविजित ४९ रन बनाउँदा कप्तान केन विलियम्सन ९ रनमा अविजित रहे । पाकिस्तानका सादब खानले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३० रन जोडेको थियो ।
पाकिस्तानका लागि ईफ्तिफार अहमदले २७ तथा आसिफ अलिले अविजित २५ रन बनाए । कप्तान बाबर अजामले २१ तथा मोहम्मद रिजवानले १६ रन बनाए । शान मसुदले १४ तथा सादाब खान र हैदर अलिले समान ८/८ रन बनाए ।
न्युजिल्याण्डका लागि मिचेल ब्राकवेल,मिचेल स्टेनर र टिम साउदीले समान २/२ तथा ईस सोधीले १ विकेट लिए ।

त्रिदेशीय सिरिजमा न्युजिल्याण्डको यो लगातार दोस्रो जित हो । पाकिस्तानको भने तेस्रो खेलमा यो पहिलो हार हो ।
यि दुई टोलीबीचको पहिलो खेलमा पाकिस्तानले न्युजिल्याण्डलाई हराएको थियो ।
जितसँगै न्युजिल्याण्ड अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ । पाकिस्तान भने रनरेटको आधारमा पछि रहँदै दोस्रो स्थानमा झरेको छ । बंगलादेश भने अंक विहीन रहदै पुछारमा रहेको छ ।