काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता आज मंगलबार दुई खेल हुदैछ ।
पोखरा क्रिकेट मैदानमा आज समूह 'ए' का दुई खेलहरु हुदैछन् ।
प्रतियोगिताको पहिलो खेलमा बागमती प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
दोस्रो खेलमा सुदुरपश्चिम प्रदेश र गण्डकी प्रदेशबीच खेल हुनेछ ।
महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
समूह 'ए' मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश,सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश रहेको छ । समूह 'बी' मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश-१ र लुम्बिनी प्रदेश रहेको छ ।
महिला क्रिकेट असोज १ कात्तिकसम्म हुनेछ । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईसकेको छ ।