पथरी । तेश्रो पथरी शनिश्चरे प्रिमियर लिग क्रिकेटमा सोमबार बुद्ध युनाइटेड र हिसाब किताब ट्राइडेन्स विजयी भएका छन् ।
वर्षाले प्रभाबित भएपछि १० ओभरमा घटाइएको खेलमा बुद्ध युनाइटेडले बिरेन्द्रनगर स्टिल टाइगर माथी ४ बिकेटको जित हासिल गरेको छ ।
निर्धारित १० ओभरमा बिरेन्द्रनगरले सबै बिकेट गुमाएर ४५ रन बनायो । बिरेन्द्रनगरका लागी बिराज ढकालले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो रन बनाउन सकेन्न । बुद्ध युनाइटेडका राजकुमार मगरले २ सुदिप चौधारी र राजु राईले २-२ बिकेट लिन सफल भए ।
४६ रनको लक्ष्य ९ ओभर ५ बलमा ६ बिकेट गुमाएर बुद्धले भेटायो । बुद्धका राकेश राईले २१ रन बनाएर खेल आफ्नो पक्षमा पारे । बिरेन्द्रनगरका अमर नेपाली र युवराज बस्नेतले २-२ बिकेट लिए । प्रनेश राई र रेवत थक्सुले १-१ बिकेट लिए । खेलको म्यान अफ दि म्याच बुद्धका राकेश राई घोषित भए ।
दोश्रो खेलपनि वर्षाका कारण १७ ओभरमा घटाइएको खेलमा हिसाब किताब ट्राइडेन्सले आइतबारे अस्त्रमाथी १७ रनको जित हासिल गर्यो ।
टस हारेर ब्याटिङ गरेको हिसाब किताबले १७ ओभरमा ८ बिकेट गुमाएर १०६ रन बनायो । हिसाब किताब का लागी संजय पेक्रा र सबिन धमलाको समान २४ रन बनाए सुरज खडकाले २१ रन बनाए भने पुरुसोत्तम न्यौपानेले १६ रन जोडे । आइतबारेका संजय मुर्मुले ३ तथा आदर्श कार्की र मौशम लिम्बुले १ -१ बिकेट लिए ।
जवाफी ब्याटिङ थालेको आइतबारेले १७ ओभर खेल्दै ८९ रन बनायो । आइतबारेका लागी दिवस राईले २४ र्न सुशिल काफ्लेले २१ र द्रोणजंग काफ्लेले २१ रन बनाए पनि जितका प्रयाप्त भएन ।
हिसाबकिताबका पुरषोतम न्यौपाने र दिवश राजबंशीले २ बिकेट लिए भने नेल्सन दंगाल, सुरज खडका र कैलाश श्रेष्ठका नाममा १ बिकेट रह्यो । खे
लको म्यान अफ दि म्याच हिसाब किताबका पुरुषोतम न्यौपाने घोषित भए ।
मंगलबारको खेल रोयल किङ र मंगलबारे लिजेन्ड र दोश्रो खेल क्लासिक इलाभेन हसन्दह र सातबाघबीच हुनेछ ।