काठमाडौं । नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा आजको दोस्रो खेल रद्द भएको छ ।
पोखरामा सोमबार हुने तय भएको प्रदेश-१ तथा लुम्बिनी प्रदेशबीचको खेल निरन्तरको वर्षाको कारण रद्द भएको हो ।
टस समेत नभई खेल रद्द भए पश्चात दुवै टोलीले १/१ अंक बाडेका छन् ।
वर्षाका कारण आजको पहिलो खेल समेत प्रभावित हुँदा नेपाल पुलिस क्लबले डीएल मेथडबाट जित हात पारेको थियो।
महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । समूह 'ए' मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश,सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश रहेको छ ।
समूह 'बी' मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश-१ र लुम्बिनी प्रदेश रहेको छ । महिला क्रिकेट असोज १ कात्तिकसम्म हुनेछ ।
नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईसकेको छ ।