शुक्रबार, ११ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

नवौं राष्ट्रिय खेलकुद नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने

मंगलबार, ११ आश्विन २०७९खेलपाटी संवाददाता
नवौं राष्ट्रिय खेलकुद नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने
Loading ad...
mustang rice ad

काठमाडौं ।  गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको प्रत्यक्ष प्रशारण नेपाल टेलिभिजनले गर्ने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाहले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार नेपाल टेलिभिजनले नवौं राष्ट्रिय खेलकुदको उद्घाटन र समापन तथा विभिन्न खेलका सेमिफाईनल देखिका प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्ने छ भने ३६ वटै खेलको हाइलाईट्स र प्रोमो प्रशारण गर्ने सहमति भएको छ।

सो अवसरमा सदस्य–सचिव घिसिङले लामो इतिहास बोकेको नेपाल टेलिभिजनसंग जोडिएर सहकार्य गर्न पाउँदा खुशी लागेको बताउदै कास्कीमा हुने खेललाई मात्र नभइ कास्की बहिरा हुने खेललाई पनि उत्तिनै प्राथमिकता दिएर नेपाल टेलिभिजनले गतिविधि प्रशारण गर्नेमा आफू विश्वस्त रहेको बताए ।

सदस्य–सचिव घिसिङले नेपाली खेलकुदको सबैभन्दा ठूलो खेल उत्सवलाई संसारले नियाल्ने अवसर प्राप्त गरोस् भन्ने उद्देश्यले प्रत्यक्ष प्रशारण महत्वपूर्ण पाटो भएको धारणा व्यक्त गरे ।

कार्यकारी अध्यक्ष शाहले परिषद्ले बृहत खेलकुदको प्रत्यक्ष प्रशारणका लागि नेपाल टेलिभिजनलाई निरन्तरता दिएकोमा खुशी व्यक्त गर्दै प्रतियोगिता सफल बनाउने प्रमुख दायित्व परिषद्को भए पनि नेपाल टेलिभिजनको पनि उत्तीकै जिम्मेवारी हुने बताएका छन् ।

राज्यकै कार्यक्रम भएकाले सम्पूर्ण क्षेत्रबाट सहयोग हुनु पर्नेमा शाहको जोड छ । राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुँदैछ ।

Loading ad...
LiNing Ad
नवौं राष्ट्रिय खेलकुद नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनलाई फ्रेन्ड्सको सम्मान

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनलाई फ्रेन्ड्सको सम्मान

एसियन बिच गेम्समा नेपालले कबड्डी र कुस्तीमा मात्रै सहभागिता जनाउने

एसियन बिच गेम्समा नेपालले कबड्डी र कुस्तीमा मात्रै सहभागिता जनाउने

बाह्रखरी गल्फ १९ गते

बाह्रखरी गल्फ १९ गते

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

पुलिसको सहज सुरुआत

पुलिसको सहज सुरुआत