काठमाडौं । गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको ट्रफी टुरअन्तर्गत आइतबार काठमाडौंको तीन स्थानमा च्याम्पियन्स ट्रफी प्रदर्शन गरिएको छ ।
हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा सशस्त्रका महानिरीक्षक राजु आर्यललगायतको उपस्थितिमा च्याम्पियन्स ट्रफी प्रदर्शन गरिएको थियो । सोही दिन स्वयम्भु र बौद्ध स्तुपामा पनि च्याम्पियन्स ट्रफी प्रदर्शन गरिएको थियो ।
यसअघि ट्रफीलाई सुदूरपश्चिम, लुम्बिनी, बागमती र प्रदेश नं. १ तथा नेपाली सेना, नेपाल प्रहरीको मुख्यालयमा प्रदर्शन गरिएको थियो ।
असोज ११ गते कर्णाली प्रदेशको सुर्खेत र असोज १३ गते मधेश प्रदेशको रामजानकी मन्दिरमा ट्रफी लगिने छ ।
राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुँदैछ ।