काठमाडौं । नेपालमा पहिलो पटक राइड विथ भ्लगर्स कार्यक्रम आयोजना भएको छ ।
ए एण्ड एस इभेन्ट्सको आयोजनामा हुने कार्यक्रममा एक दर्जन भ्लगर्स र टु ह्विल टुरीङका एक्सपर्टहरु सहभागी थिए।
कार्यक्रम अन्तर्गत बिहान भ्लगरहरुसँग अन्तरक्रिया, दिउसो काठमाडौँदेखि चित्लाङसम्म राइड तथा फोटोग्राफी र भिडियोग्राफी तथा साँझ भ्लगर्स मिट एण्ड ग्रिट गरिएको थियो।
कार्यक्रमको फोटोग्राफी, भिडियोग्राफी, सोसीयल मिडिया लाइभ तथा डकुमेन्ट्री समेत बनाइने छ ।
यस्तै हालसालै नासा नेपालद्वारा प्रकाशित पर्यटन बोर्डको सहयोगमा टु ह्विल टुरीङ इन् नेपाल म्यानुअल बुकको सार्वजनिक समेत गरिएको थियो ।
यस कार्यक्रम विश्वकै अग्रणी मोटरसाइक्लिङ महासंघ एफआईएम तथा नेपालको मोटरसाइकल ÷ मोटर स्पोर्ट्स, अटोमोबाइल्स मोबिलिटी तथा ड्राइभ र टु ह्विल टुरीङ तथा रोड सेफ्टीको लागि राष्ट्रिय संघ नेपाल अटोमोबाइल्स एसोसीएसन (नासा नेपाल) संगको सहकार्यमा भएको हो ।
नेपालमा सोसीयल मिडियाको लोकप्रियता र प्रभाबकारीता बढिरहेको अवस्थामा यस प्रकारको राइडले टु ह्विल टुरीङ र मोटरसाइक्ल्ङ तथा मोटर स्पोर्ट्सलाई समेत अझ सुरक्षित, ब्यबस्थित तथा थप लोकप्रिय बनाउन मदत पुग्ने विश्वास गरिएको छ ।
आयोजक संस्था विगत १० वर्ष देखि एड्भेन्चेर टुरिजम, टुरिजम स्पोर्ट्स, अफरोड राइड तथा रिक्रिएसनको क्षेत्रमा क्रियासिल अग्रणी कम्पनी हो । जुन नासा नेपालको सदस्य संस्था रहेको छ ।