काठमाडौं । कर्णाली प्रदेशले दोश्रो राष्ट्रिय केन्पो खुकुरी प्रतियोगिताको उपाधि सोमबार जितेको छ । कर्णाली ५ स्वर्ण, ६ रजत र ७ कांस्यसहित टिम च्याम्पियन बनेको हो ।
राष्ट्रिय केन्पो खुकुरी मार्सल आर्ट्स संघद्वारा आयोजित प्रतियोगितामा ४ स्वर्ण, ४ रजत र १ कांस्यसाथ मधेश प्रदेश दोश्रो भयो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा तेश्रो भएको बागमती प्रदेशले १ स्वर्ण र ६ कांस्य हात पार्यो ।
विजेतालाई आयोजक संघका अध्यक्ष पूर्ण पाण्डेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा विभिन्न ५ प्रदेशका ८० खेलाडीले १५ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक सन्जीतकुमार राईले प्रतियोगितामा मुख्य जजको भूमिका निर्वाह गरेका थिए ।१४