काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई जितको शुभकामना दिएका छन् ।
छैटौं संस्करणको महिला साफको उपाधि भिडन्त अघि बालेनले नेपाली टोलीलाई शुभकामना दिएका हुन् ।
मेयर बालेनले सोमबार सामाजिक संजाल फेसबुकबाट नेपाली टोलीलाई ऐतिहासिक जितको शुभकामना दिएका हुन् ।
बालेनले यस जितले महिला फुटबल नयाँ अध्याय सुरु हुने समेत उनले बताएका छन् ।
'हामी ऐतिहासिक जित भन्दा एक कदम मात्र पछाडी छौ । आजको जितले हाम्रो महिला फुटबलले नयाँ अध्याय सुरु गर्नेछ भन्ने बिश्वास छ । जितको लागि सम्पुर्ण टिमलाई शुभकामना,' उनले लेखेका छन् ।
दशरथ रंगशालामा नेपालले फाइनलमा आज बंगलादेशको सामना गर्नेछ । फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ ।