काठमाडौं । लि निङको तेस्रो आउट लेट बौद्धस्थित टुसालमा सन्चालनमा आएको छ ।
आइतबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला (ज्वाला) ले उक्त आउटलेटको उद्घाटन गरेका थिए ।
सो अवसरमा राखेपकै बोर्ड सदस्य अन्जन धमला, सुनपति गाउँपालिका–३ का पूर्व वडा अध्यक्ष असलसिहं तामाङ, रामेछाप जिल्ला तेक्वान्दो संघका अध्यक्ष धनराज तामाङ, सचिव सपूत मोक्तानलगायत खेलकर्मी उपस्थित थिए ।
उक्त आउटलेट काठमाडौं महानगरपालिका वडा–३ स्थित बौद्धको टुसालमा रहेको छ ।
सो अवसरमा राखेप उपाध्यक्ष कोइरालाले खेलकुदका पोशाक र खेल सामाग्री बिक्री गर्ने संख्या बढ्नुले खेलक्षेत्र प्रति मानिसहरूको चासोका साथै सहभागिता पनि बढेको बताए ।
साथै उनले युवाहरू खेल पोशाक र खेल सामाग्रीको व्यवसायमा अग्रसर हुनुले खेल प्रति पनि आम मानिसको लगाव बढ्ने आशा व्यक्त गरेका छन् ।
उक्त आउटलेट रामेछापका युवा प्रेमबहादुर मोक्तानको लगानीमा सन्चालनमा आएको हो । उनले देशको इज्जत र मान राख्ने खेलाडीका लागि समर्पित भएर व्यवसाय गर्न पाउँदा छुटै उत्साह र खुसी मिलेको बताएका छन् ।
सन्चालक प्रेमबहादुरले यो काठमाडौंको तेस्रो आउटलेट रहेको र यहाँ बास्केटबल, फुटबल, टेबल टेनिस, ब्याडमिन्टनका सामग्री र खेल पोशाक पाइने जानकारी दिए । लि निङले गत महिना नेपाली बास्केटबल टोलीलाई प्रायोजन गरेको थियो ।