इटहरी । प्रदेश नम्बर एक स्तरिय खो खो प्रतियोगिता झापाको विर्तामाडमा आइतबार सम्पन्न भएको छ ।
आगामी २८ गतेदेखि कार्तिक ३ गतेसम्म सन्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि भएको छनौट खेलमा पुरुषतर्फ झापा जिल्ला प्रथम बनेको छ ।
यसैगरी दोस्रोमा मोरङ आएको छ भने तेस्रोमा संखुवासभा र तेह्रथुम आएका छन् ।
महिलातर्फको उपाधि मोरङले उपाधि हात पारेको छ भने संखुवासभा दोस्रो बनेको छ । आइतबार भएको फाइनल खेलमा तेस्रो उपाधि झापा र तेह्रथुमले जितेका छन् । खो खो खेलमा प्रदेश एकका पाँच वटा जिल्लाले सहभागिता जनाएका थिए ।
नवौँ राष्ट्रिय खेलकुदको लागि प्रदेश छनौट प्रतियोगिता अन्तर्गत आइतबार झापाको काकड्भित्तामा व्याडमिन्टन शुरु भएको छ भने महिला भलिवलको फाइनल खेल झापाको आदीबासि रंगशालामा भइरहेको छ ।