इटहरी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौटका लागि भएको प्रदेश एक स्तरिय बुद्धिचाल प्रतियोगितामा खुल्ला र महिला दुबैतर्फ झापा प्रथम भएको छ ।
भदौ ३० गतेदेखि सुनसरीको धरानमा भएको प्रदेश स्तरिय छनौट प्रतियोगितामा खुल्ला तर्फ झापाका राजन सुवेदी प्रथम भएका छन् भने महिला तर्फ झापाकै खुस्वु थापा प्रथम बनेकी छन् । दुबैले स्वर्ण जितेका छन् । यसैगरी खुल्ला तर्फको रजत सुनसरीका प्रज्वल घिमिरेले जितेका छन् भने पाँचथरका प्रशान्तदास चेम्जोङ्गले कास्य पदक जितेका छन् ।
यसैगरी महिला तर्फको बुद्धिचाल प्रतियोगितामा झापाकी खुस्बु थापाले स्वर्ण पदक जितेकी छन् भने झापाकै कृस्तिसरा अधिकारीले रजत र भोजपुरकी संगिता प्रद्यानले कास्य पदक पाएकी छन् । प्रथम, द्धितिय र तृतिय हुने खेलाडीहरुलाई शनिबार एक कार्यक्रमकाबीच मेडल र प्रमाणपत्र प्रदान गरिएको बुद्धिचाल खेल आयोजक समितिका संयोजक खगेन्द्र बास्तोला ले जानकारी दिए ।
छनौट भएका खेलाडीको नाम प्रदेश खेलकुद विकास बोर्डमा पठाईने निर्णायक समितिका अमिर निरौलाले जानकारी दिएका छन् ।