काठमाडौं । भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य रोबिन उथप्पाले अन्तराष्ट्रिय र भारतको सबैखाले फर्म्याटको क्रिकेटबाट सन्यास लिएका छन्।
३६ वर्षीय ब्याट्सम्यानले सामाजिक संजाल ट्वीटरबाट सन्यासको घोषणा गरेका हुन् ।
सन्याससँगै उथप्पाले केरलाबाट नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) प्राप्त गरेका छन् । अब उनले विदेशी फ्रेन्चाइज लिग खेल्न पाउने छन् ।
उथप्पा सन् २००७ को टी-ट्वान्टी विश्वकप विजेता भारतीय टोलीका सदस्य हुन् ।
सन् २००४ मा भारतको यू–१९ विश्वकप टोलीका सदस्य उथप्पाले सन् २००६ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।
उनले भारतका लागि ४६ एकदिवसीय र १३ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् । जसमा ९३४ एकदिवसीय र २४९ टी-ट्वान्टी रन बनाएका थिए ।
उथप्पाले सन् २०१४ मा कोलकाता नाइट राइडर्सबाट र सन् २०२१ मा चेन्नई सुपर किंग्सबाट आईपीएल जितेका थिए ।