काठमाडौं । लोयल्टीले तेस्रो नेक्सस कप अन्तर बिद्यालय फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
शुक्रबार भएको उद्घाटन खेलमा लोयल्टीले ग्रामर एकेडमीलाई ७ - ३ गोल अन्तरले हराएको हो ।
पेप्सीकोला टाउन प्लानिङमा भएको खेलमा लोयल्टीका लागि निरज गुरुङ र बिराट गौतमको ह्याट्रिक गरे । ग्रामरका लागि थाहा लिम्वुले २ र अंकित पौडेलले १ गोल फर्काएका थिए ।
नेक्सस इन्टरनेशनल एकेडेमीको आयोजनामा हुने प्रतियोगिता मंसिर १५ सम्म संचालन हुनेछ ।
नकआउटका आधारमा संचालन हुने प्रतियोगितामा उपत्यकाका १६ विद्यालय सहभागी रहेको छ । विजेताले ५० हजार र उपविजेतालाई २५ हजार नगद पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारले गरेका थिए । उद्घाटनका अवसर नेक्सस इन्टरनेशनल एकेडेमीका प्राचार्य आरबी कट्वाललगायतको उपस्थिति रहेको थियो ।