काठमाडौं । वेस्ट इन्डिजले अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि टिम घोषणा गरेको छ।
वेस्ट इन्डिजले निकोलस पुरणको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।
टी-ट्वान्टी विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म अष्ट्रेलियाको विभिन्न सात शहरमा आयोजना हुनेछ ।
वेस्ट इन्डिजले अघिल्लो संस्करणमा सुपर १२ पार गर्न सकेको थिएन।
वेस्ट इन्डिजले पहिलो चरणमा स्कटल्याण्डसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
