काठमाडौं । आयोजक भ्यालीपब्लिक 'ए' र एचएचसीएले भ्यालीपब्लिक कप १३ औं अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।
शुक्रबार सिनियर छात्रको फाईनल खेलमा आयोजक भ्यालीपब्लिक ले ड्याफोडिलमाथी ४७–४४ स्कोरको रोमाञ्चक जित निकाल्यो । सिनियर छात्राको फाईनल खेलमा एचएचसीएले ग्रिनल्याण्डलाई ३०–२६ को स्कोरले हराउदै उपाधि चुम्यो ।
एचएचसीएकी अनिता सुनुवारनै छात्रातर्फको मस्ट भ्यालुएवल प्लेयर चुनिईन् । भ्यालीपब्लिकका सुन्दर तामाङले छात्रतर्फको मस्ट भ्यालुएवल प्लेयरको उपाधि जिते ।
प्रतियोगितामा छात्रातर्फ भद्रकालीकी सिमरन महर्जन तथा छात्रतर्फ ग्रीनल्याण्डका राजु आलेमगर हाईस्कोरर भए । प्रतियोगितामा उत्कृष्ट थ्रीपईन्टरमा छात्रातर्फ ग्रीनल्याण्डकी प्रमिला जागरी र छात्रतर्फ ड्याफोडिलका प्राशान्त तामाङ भए ।
तेश्रो स्थानका लागि भएको खेलमा छात्रातर्फ भद्रकालीले टिआईएलाई २३–१३ र छात्रतर्फ ग्रीनल्याण्डले आयोजक भ्यालीपब्लिक बि ३९–३० को स्कोर हराए ।