काठमाडौं । नेपाल टी-ट्वान्टी लिगको पहिलो संस्करण तोकिएको समयमा नहुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार पहिलो संस्करणको प्रतियोगिताको मिति सारिएको जनाएको छ ।
क्यानले आगामी मंसिरसम्मको लागि प्रतियोगिता सारिएको जनाएको छ । क्यानले नयाँ मिति भने घोषणा गरेको छैन ।
यस अघि पहिलो संस्करणको नेपाल टी-ट्वान्टी असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने तालिका थियो ।
क्यानले सुरक्षाको कारण देखाउँदै प्रतियोगिता सारेको हो ।
गृहमन्त्रालयले प्रतियोगिता सार्न पत्र काटेपछि क्यानले प्रतियोगिता सारेको हो ।
पहिलो संस्करणमा काठमाडौं कान्तिपुर,लुम्बिनी अल स्टार्स ,विराटनगर सुपर किङ्स,जनकपुर रोयल्स,पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेडले खेल्ने छन् ।
प्रतियोगिताका लागि शनिबार र आईतबार खेलाडी ड्राफ्ट भएको थियो । जसबाट सहभागी ६ टोलीले खेलाडी अनुबन्ध गरिसकेका छन् ।

