काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा कर्णाली प्रदेशले बुधबार गण्डकी प्रदेशलाई हराएको छ।
कीर्तिपुरस्थित टियु मैदानमा १३ ओभरमा घटाईएको खेलमा कर्णालीले गण्डकीलाई ८ रनले हराएको हो ।
कर्णालीले दिएको ९४ रनको लक्ष्य पछ्याएको गण्डकीले १३ ओभरमा ९ विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो ।
गण्डकीका लागि सन्दीप क्षेत्रीले ४९ रन बनाए । अनिल गुरुङले १४ तथा ईश्वर क्षेत्रीले ८ रन बनाए ।
कर्णालीका दिनेश अधिकारीले ३ तथा प्रकाश जैसी र अनुज चुनाराले २/२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले १३ ओभरमा ७ विकेट गुमाएर ९३ रन जोडेको थियो ।
कर्णालीका लागि प्रकाश जैसीले १९ रन जोडे । विपिन रावल र सुवाश एयरले १३/१३ तथा सुमित बुढाथोकीले अविजित १२ रन बनाए । दिनेश अधिकारी पनि १२ रनमा आउट भए ।
गण्डकीका अमृत गुरुङले ४ विकेट लिए ।
यस जितसँगै कर्णालीले ५ खेलमा ६ अंक जोडेको छ ।
समूह 'ए' को कर्णाली तेस्रो स्थानमा रहेको छ ।
गण्डकीले ४ अंक जोडेर प्रतियोगिताको अन्त्य गरेको छ ।