काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रनिङ ट्रफी टुर कार्यदल गठन भएको छ ।
भाद्र २७ गते कार्यकारी समितिको निर्णयानुसार ओलम्पियन एवं दक्षिण एशियाली खेलकुदका किर्तिमानधारी दीपक विष्टको संयोजकत्वमा ५ सदस्सीय कार्यदल गठन गरेको हो ।
कार्यदलमा क्रिकेटका पूर्व कप्तान पारस खड्का, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं साग पदकधारी दीपक श्रेष्ठ, महिला भलिबल कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मिरा राई सदस्य रहेका छन् ।
यहि भाद्र ३१ गते राष्ट्रिय खेलकुद परिषद्का संरक्षक सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाबाट रनिङ ट्रफी सार्वजनिक गरिने छ ।
ट्रफी सार्वजनिक पछि सुदूरपश्चिमाञ्चलबाट सुरु गरि सातै प्रदेशका साथै तीन विभागिय टोलीमा पुर्याईने ओलम्पियन संघका अध्यक्ष समेत रहेका बिष्टले जानकारी गराए ।