काठमाडौं । लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्ट (एलएसीएम) र एलएसीएम स्टुडेन्ड काउन्सिलको संयुक्त आयोजनामा १२ औं एलए कप शुक्रबारदेखि हात्तीवनस्थित एलए हातामा सुरु भएको छ ।
कलेजस्तरीय यो प्रतियोगितामा फुटबल, बास्केटबल र डुवाथलन गरी ३ खेल समावेश रहेको एलएका फुटबल प्रशिक्षक राजेन्द्र कार्कीले जनाएका छन् ।
फुटबलतर्फ ३२ ब्वाइज टिम सहभागी छन् । नकआउट पद्धतिमा हुने फुटबलको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद पुरस्कार पाउने छन् ।
बास्केटबलतर्फ ब्वाइजमा १६ तथा गल्र्समा ८ टिमले भाग लिएका छन् । ब्वाइजमा पहिलो हुनेले ३० हजार र दोश्रोले १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । गल्र्समा पहिलोलाई २० हजार र दोश्रोलाई १० हजार नगदबाट पुरस्कृत गरिने छ ।
बास्केटबल लिग कम नकआउट आधारमा खेलाइने छ । डुवाथालनअन्तर्गत साइक्लिङमा ६.५ किलोमिटर तथा दौडमा २.४ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले एक कार्यक्रमबीच उद्घाटन गरे ।