काठमाडौं । नेपाल सेल्फ डिफेन्स संघको आयोजनामा तेस्रो अन्तर्राष्ट्रिय सेल्फ डिफेन्स प्रशिक्षक प्रशिक्षण तालिम मंगलबारदेखि सुरु भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) मा आयोजित प्रशिक्षक प्रशिक्षण तालिम दुई दिनसम्म चल्ने संघकी प्रमुख प्रशिक्षक सन्जु महर्जनले जानकारी दिइन् ।
उक्त अन्तर्राष्ट्रिय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोललगायतले गरेकी थिइन् । प्रशिक्षण शैली कसरी प्रभावकारी बनाउने भन्ने उद्देश्यस्वरूप संघले यो कार्यक्रम आयोजना गरेको जनाएको छ ।
पोल्यान्डका ग्रान्ड मास्टर स्टानिसल, भारतका सोक जगदीश सिंह र सन्जु महर्जनले प्रशिक्षण दिइन् ।
शैद्धान्तिक र प्रयोगात्मक गरी दुई भागमा प्रशिक्षण भइरहेको संघले जनायो । उक्त प्रशिक्षण कार्यक्रममा कुल तीन सय ५० जना सहभागी छन् ।
७० जिल्लाका प्रशिक्षकले यो प्रशिक्षण लिइरहेका छन् । संघले अन्तर्राष्ट्रिय प्रशिक्षणकै अवसरमा हिमालयन हल अफ फेम अवार्डको पनि आयोजना गर्दै छ ।
यस अवार्डबाट एक जना पत्रकार, खेलकर्मी, विद्यार्थीका साथै विभिन्न व्यक्तित्वलाई सम्मान गर्ने संघकी प्रशिक्षक सन्जु महर्जनले जानकारी दिइन् ।