काठमाडौं । इंग्ल्यान्डमा खेलकुदको कार्यक्रमहरु स्थगित गरिएको छ ।
महारानी एलिजावेथ द्वितीयको निधन भएपछि इंग्ल्यान्डमा खेलकुद कार्यक्रमहरु स्थगित गरिएको हो ।
महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो ।
एलिजावेथले बेलायतमा ७० वर्ष शासन गरेकी थिइन् ।
एलिजावेथको निधनपछि इंग्ल्यान्ड र दक्षिण अफ्रीकाबीचको जारी टेस्ट स्थगित गरिएको छ ।
यस्तै शुक्रबार तय इंग्लिस फुटबल लिगको दुई खेल स्थगित भएको छ ।
त्यस्तै पीजीए च्याम्पियनसिप र घोडा दौडको प्रतियोगिता स्थगित गरिएको छ ।