काठमाडौं । गोदावरी नगरपालिकाले दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता खेलाडीलाई आजीवन भत्ता दिन सुरु गरेको छ ।
गोदावरी नगरपालिकाले करातेका पूर्व खेलाडी दीपक श्रेष्ठ र गंगाराम महर्जनलाई भत्ता दिन सुरु गरेको हो ।
नगरपालिकाले ११ औं नगरसभाको निति तथा कार्यक्रम पारित गर्दै आफ्नो नगरपालिकाबाट सागमा स्वर्ण विजेतालाई आजीवन ५ हजार मासिक भत्ता प्रदान गर्ने निर्णय गरेको थियो ।
गोदावरी नगरपालिकाका स्थायिबासी श्रेष्ठ र महर्जन सागका स्वर्णधारी खेलाडी छन् ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) का अध्यक्ष समेत रहेका श्रेष्ठले नगरपालिकाबाट भत्ता प्राप्त भएको जानकारी दिए ।
श्रेष्ठले भत्ता प्रदान गरेकोमा नगर प्रमुखलाई धन्यवाद समेत दिए ।