पोखरा । प्रथम राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता–२०७९ को उपाधि काठमाडौंका राजन लामाले जितेका छन्।
पोखरामा मंगलबार भएको फाइनल खेलमा लामाले आफ्ना निकतम प्रतिद्धन्दी काठमाडौंकै मिलन तामाङलाई वेष्टअफ १३ मा ७–३ को स्कोरले पराजित गर्दै उपाधि जितेका हुन्।
प्रतियोगिताको बिजेतालाई १ लाख ५१ हजार १ सय ११ रुपैयाको साथमा ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिएको थियो । त्यसै गरी उपविजेतालाई भने ७१ हजार १ सय ११ रुपैयाको साथमा ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिएको थियो ।
प्रतियोगितामा सेमिफाईनबाट यात्रा टुगाएका काठमाडौंका अजय सुनार र पोखराका दीपेश क्षेत्रीलाई आयोजकले प्रोत्साहन स्वरुप जनही १५ हजार १ सय ११ नगदका साथमा ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिएको थियो । सेमिफाइनलमा राजनले दीपेस र अर्को खेलमा भने मिलनले अजयलाई पराजित गरेका थिए ।
त्यस्तै प्रतियोगिताको हाई हाईयस्ट ब्रेकरमा काठमाडौंका आले वाङचुक घोषित भए । उनलाई उपाधिको साथमा क्यू, क्यू वक्स, ट्रफी, मेडल र प्रमाण पत्र वितरण भएको थियो । प्रतियोगितामा पोखराका दीपेस क्षेत्री नवप्रतिभा खेलाडीको रुपमा घोषित भए । विजयी खेलाडीहरुको टोलीलाई पोखरा ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानी, पोखरा ५ का वडा अध्यक्ष बिष्णुप्रसाद बराल, बुद्धमार्ग टोल सुधार समितिका अध्यक्ष एव पृथ्वी राजमार्ग बस संचालक कम्पनीका पूर्व अध्यक्ष ऐन कुमार शाही, नेपाल विलियर्ड स्नोकर संघका केन्द्रिय कोषाध्यक्ष गंगाराम श्रेष्ठ लगायतले वितरण गरे ।
प्रतियोगितामा काठमाडौं, भक्तपुर, ललितपुर, वुटवल, चितवन लगायतको क्षेत्रबाट १ सय ६ जना खेलाडीहरु सहभागि भएका थिए । देविज स्नुकर क्लबको आयोजनामा यही भदौं १२ देखि २१ गतेसम्म पोखरामा पहिलो पटक संचालन भएको प्रतियोगिताका संयोजक शंकर गुरुङले बताए । राष्ट्रिय प्रशिक्षक संजयकुमार मुल्मीले यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा मद्धत पुग्ने विश्वास व्यक्त गरे ।