पोखरा । महिला डोरी तान प्रतियोगिताको उपाधि हिमला आमा समूहले जितेको छ ।
नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कास्कीले तीजको अवसरमा शुक्रबार आयोजना गरेको प्रतियोगितामा हिमला आमा समूह पहिलो हुँदै नगद ७ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको हो ।
कुल २४ टिमको सहभागिता रहेको प्रतियोगितामा बगर महिला समूह दोश्रो स्थान सहित नगद ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो भने जनकल्याण महिला समूहले तेश्रो स्थान सहित नगद ३ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो ।
बिजयीहरुलाई रुपा गाउपालिकाका अध्यक्ष नवराज ओझा, खेलकुद महासंघ गण्डकी प्रदेश अध्यक्ष विष्णु पुन, खेलकुद महासंघ कास्की अध्यक्ष दुर्गादत्त पोखरेल लगायतले पुरस्कार प्रदान गरेका थिए ।
नेपाल खेलकुद महासंघ प्रदेश कमिटी गण्डकीका अध्यक्ष विष्णु पुनले खेलकुद महासंघले रचनात्मक कामसंगै मौलिक खेलहरु आयोजना गर्दै आइरहेको बताए ।