इटहरी रंगशालाको निरिक्षण

इटहरी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आयोजना हुने वृहत प्रदेश छनौट प्रतियोगिता गर्न प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारीको टोलीले इटहरीमा रहेको प्रादेशिक रंगशालाको अवलोकन गरेको छ ।
प्रदेश छनौट प्रतियोगिताको उद्घाटन कार्यक्रम इटहरीमा गर्न सकिन्छ कि भन्ने हिसाबले यहाँको भौतिक संरचनाको अवस्था बारे जानकारी लिन बोर्डले सुनसरीको इटहरीमा रहेको प्रादेशिक रंगशाला र डिभिएम स्कुलको क्रिकेट मैदानको अवलोकन गरेको बोर्डका सदस्य शैलेस कुमार विष्टले बताए ।
रंगशालाको निरिक्षणका प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले, पूर्व राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट, क्षेत्रिय खेलकुद विकास समितिका कार्यलय प्रमुख चण्डिका बास्तोला, उपनिर्देशक विमल पोखरेल साथै सदस्य शैलेस कुमार विष्ट र जिल्ला खेलकुद विकास समिति सुनसरीका अध्यक्ष दिपक राईको समेत उपस्थिती रहेको थियो ।

प्रदेश खेलकुद विकास बोर्डले प्रदेश छनौट प्रतियोगिताको उद्घाटन कार्यक्रम इटहरीको प्रादेशिक रंगशालामा आयोजना गर्ने हिसाबले रंगशालाको अवलोकन र निरिक्षण गरीएको बोर्डले बताएको छ । निरिक्षणको क्रममा बोर्डका पदाधिकारीहरले रंगशालाको सरसफाई, रंगशालामा पलाएको घाँस काट्ने बारेमा समेत छलफल गरेका थिए ।
निरिक्षणकमा प्रदेश खेलकुद विकास बोर्डका सदस्य प्रदिप भगत, नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश खेलकुद विकास बोर्डको सचिवालयका टंक कटेल, पूर्व राष्ट्रिय फुटबल खेलाडी सुरेन्द्र तामाङ लगायतको समेत उपस्थिती रहेको थियो ।







-1776523830982.png&w=3840&q=75)
-1776414121120.jpeg&w=3840&q=75)




-1776931409919.jpeg&w=3840&q=75)


