एजेन्सी । एसियाली राष्ट्र साउदी अरब र अफ्रिकी मुलुक इजिप्ट रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताबाट बाहिरिएका छन् । समुह चरणको दोस्रो खेलमा उरुग्वेले साउदी अरबलाई पराजित गरेसंगै दुवै टोली एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएका हुन् ।
साउदी अरब उद्घाटन खेलमा आयोजक राष्ट्र रुससंग ५–० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो चरणमा दक्षिण अमेरिकी राष्ट्र उरुग्वेसंग १–० गोल अन्तरले हारेको थियो ।
अफ्रिकी राष्ट्र इजिप्टले पहिलो खेलमा उरुग्वेलाई १–० को नतिजा सुम्पिएको थियो भने दोस्रो खेलमा रुससंग ३–१ गोल अन्तरले पराजित भएको थियो । एक खेल बाकी रहेको अवस्थामा अंक विहिन दुवै टोली प्रतियोगिताबाट बाहिरिने निश्चित भएको हो ।
आयोजक रुस र उरुग्वेले समान ६ अंक बटुलेका छन् । एक खेल बाकी रहेको अवस्थामा इजिप्ट र साउदीले बढीमा ३ अंक जोड्ने सक्नेछन् । समुह चरणको अन्तिम खेलले समुह विजेता र उपविजेता टोलीको टुङ्गो लगाउनेछ ।