काठमाडौं । घरेलु टोली जिम्बावेले बंगलादेशविरुद्धको तिन खेलको टी-ट्वान्टी सिरिज जितेको छ ।
हरारेमा मंगलबार भएको तेस्रो तथा अन्तिम खेलमा १० रनको जित निकाल्दै घरेलु टोलीले सिरिज २-१ ले जितेको हो।
घरेलु टोलीले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको भ्रमणकारी टोलीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो ।
उसका लागि आफिफ हुसेनले अविजित ३९ रन बनाए । महमदुल्लाहले २७ तथा मेहिदी हसनले २२ रन बनाए । नजमुल हुसनईन सान्टोले १६ रन बनाए ।
अनामुल हकले १४ तथा लिन्टन दासले १३ रन बनाए ।

जिम्बावेका भिक्टोर न्युउछीले ३ विकेट लिए । ब्राण्ड ईभान्सले २ तथा लुका जोन्ग्वे, विसेली माधिभिरी, सेन विलियम्सले समान १/१ विकेट लिए ।
त्यसअघि ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ५६ रन बनाएको थियो ।
उसका लागि रायन वर्लले ५४ रनको अर्धशतकीय ईनिङ खेले । लुक जोन्ग्वेले ३५ तथा कप्तान क्रेग इर्भिनले २४ रन बनाए ।
बंगलादेशका लागि मेहीदी हसन र हसन महमुदले समान २/२ विकेट लिए । कप्तान मोसाडिक होसाईन,मुस्ताफिजुर रहमान,नासुम अहमद र मेहमुदुल्लाहले समान १/१ विकेट लिए ।