काठमाडौं । घरेलु टोली वेस्ट इन्डिजले भारतविरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा जित निकालेको छ ।
सोमबार राति भएको खेलमा घरेलु टोली ५ विकेटले विजयी भएको हो ।
यस जितसँगै घरेलु टोलीले ५ खेलको टी-ट्वान्टी सिरिजमा १-१ को बराबरी गरेको छ ।
भारतले दिएको १ सय ३९ रनको लक्ष्य घरेलु टोलीले ४ बल अगावै ५ विकेट गुमाएर पूरा गर्यो ।
उसका ब्राण्डन किङले ६८ रनको अर्धशतकीय ईनिङ खेले । डिभोन थोमसले अविजित रहदै ३१ रन बनाए ।
कप्तान निकोलस पुरनले १४ रन बनाए ।
पाहुना टोलीका लागि रविन्द्र जडेजा, हार्दिक पाण्ड्या, अर्शदिप सिंह,रविचन्द्रन आश्विन र आभेस खानले समान १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले १९ ओभर ४ बलमा अलआउट हुनु अघि १ सय ३८ रन बनाएको थियो ।
उसका हार्दिक पाण्ड्याले ३१ तथा रविन्द्र जडेजाले २७ रन बनाए । ऋषभ पन्तले २४ तथा सुर्यकुमार यादवले ११ रन बनाए ।
वेस्ट इन्डिजका लागि ओबेड म्याक्वईले ६ विकेट लिए । जेसन हाल्डरले २ विकेट लिए ।
दुई टोलीबीचको तेस्रो खेल मंगलबार हुनेछ ।