काठमाडौं । न्युजिल्याण्डले एक खेलको एकदिवसीय सिरिजमा घरेलु टोली स्कटल्याण्डलाई हराएको छ ।
आइतबार राति भएको खेलमा न्युजिल्याण्डले स्कटल्याण्डलाई ७ विकेटले हराएको हो ।
स्कटल्याण्डले दिएको ३ सय ७ रनको लक्ष्य न्युजिल्याण्डले ४५ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

न्युजिल्याण्डका लागि मार्क चापम्यानले अविजित रहदै १ सय १ रनको शतकीय इनिङ खेले ।
ड्रयाल मिचेलले अविजित रहदै ७४ रनको अर्धशतकीय इनिङ खेले ।
त्यस्तै फिन एलनले ५० रनको अर्धशतकीय इनिङ खेल्दा मार्टिन गुप्टिलले ४७ रन बनाए ।
डान क्लेभर ३२ रनमा अविजित रहे ।
स्कटल्याण्डका माइकल लिस्कले २ तथा हाम्जा ताहिरले १ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४९ ओभर ४ बलमा अलआउट हुँदै ३ सय ६ रन बनाएको थियो ।
स्कटल्याण्डका माइकलले ८५ रनको अर्धशतकीय इनिङ खेल्दा म्याथ्यु क्रसले ५३ रनको अर्धशतकीय इनिङ खेले ।
त्यस्तै माइकल जोन्सले ३६ तथा मार्क वाटले ३१ रन बनाए ।
न्युजिल्याण्डका माइकल ब्रेसवेल र जाकोब डुफ्फीले ३/३ विकेट लिए ।
लक्की फर्गुसनको नाममा २ विकेट रह्यो ।