काठमाडौं । घरेलु टोली इंग्ल्यान्डविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज पाहुना टोली दक्षिण अफ्रिकाले जितेको छ ।
साउथह्याम्टनमा आइतबार राति भएको तेस्रो तथा निर्णायक खेलमा इंग्ल्यान्डलाई ९० रनले हराउँदै पाहुना टोलीले सिरिज २-१ ले जितेको हो ।
दक्षिण अफ्रीकाले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको घरेलु टोली १६ ओभर ४ बलमा १ सय १ रन जोड्दा अलआउट भयो ।
इंग्ल्यान्डका लागि जोनी बेयस्ट्रोले २७ रन बनाए । जासन रोयले १७ तथा कप्तान जोस बटलर र क्रिस जोर्डनले १४/१४ रन बनाए।

इंग्ल्यान्डलाई सस्तैमा रोक्न दक्षिण अफ्रिकाका ताब्रेज साम्सीले ५ विकेट लिए। केशब महाराज २ तथा एन्डिले, एडम मार्क्रम , एन्रिक नोर्कियाले समान १/१ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।
उसका लागि रिजा हेन्ड्रिक्स र एडम माकरमले अर्धशतकीय इनिङ खेले । हेन्ड्रिक्सले ७० तथा मार्क्रमले अविजित ५१ रन बनाए । राईली रुसोले ३१ तथा कप्तान डेबिड मिलरले २२ रन बनाए ।
घरेलु टोलीका डेबिड विलिले ३ विकेट लिए । मोईन अली र क्रिस जोर्डनले समान १/१ विकेट लिए ।
