काठमाडौं । पाहुना टोली बंगलादेशले जिम्बावेविरुद्धको दोस्रो टी-ट्वान्टीमा जित निकालेको छ ।
हरारेमा आईतबार भएको खेलमा बंगलादेशले घरेलु टोलीलाई ७ विकेटले पराजित गरेको हो ।
यस जितसँगै बंगलादेशले ३ खेलको टी-ट्वान्टी सिरिजमा १-१ को बराबरी गरेको छ ।
जिम्बावेले दिएको १ सय ३६ रनको लक्ष्य बंगलादेशले १७ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
पाहुना टोलीका लागि लिटन दासले ५६ रनको अर्धशतकीय इनिङ खेले । आफिफ हुसेनले ३० रन जोड्दा नाजमुल हसन सान्तोले १९ रन बनाए ।
अनाहुल हकले १६ तथा हुनिम शहरियारले ७ रन बनाए ।
घरेलु टोलीका रिचार्ड नगर्भा र सेन विलियम्स र सिकन्दर राजाले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो ।
उसका सिकन्दर राजाले ६२ रनको अर्धशतकीय इनिङ खेले । रायन वर्लले ३२ तथा लुक जोन्ग्वेले अविजित ११ रन बनाए ।
भ्रमणकारी टोलीका लागि मोसाडिक हुसेनले ५ विकेट लिए । मुस्ताफिजुर रहमान र हसज महमुदले समान १/१ विकेट लिए ।
दुई टोलीबीचको तेस्रो तथा निर्णायक टी-ट्वान्टी मंगलबार हुनेछ ।