काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले केन्यासँग सिरिज खेल्ने भएको छ ।
केन्याको क्रिकेट संघले आगामी अगस्टको अन्तिम साताका लागि नेपाललाई सिरिजको निमन्त्रणा दिएको छ ।
केन्याको प्रस्तावलाई नेपाल क्रिकेट संघ (क्यान) ले सकारात्मक जवाफ पठाएको छ ।
'केन्याले सिरिजको आयोजना गरि नेपाललाई सहभागी हुन आमन्त्रण गरेको छ,' क्यान महाप्रबन्धक वृतान्त खनालले खेलपाटीसँग भने 'नेपालमा पनि सो समय क्रिकेट नहुने र अन्तराष्ट्रिय तालिका पनि नरहेकाले हामीले सकारात्मक जवाफ दिएका छौं ।'
तर, सिरिजबारे क्यानले आधिकारीक धारणा केही दिनमा नै सार्वजनिक गर्ने उनले बताए ।
सिरिज एकदिवसीय र टी-ट्वान्टी के कति खेलको रहने अहिलेसम्म तय भईसकेको छैन ।
एक समय एसोसिएट क्रिकेटको सशक्त टोली केन्याको स्तर अहिले भने केही खस्किएको छ ।