काठमाडौं । जिम्बावेविरुद्धको एकदिवसीय अन्तराष्ट्रिय सिरिजका लागि भारतीय टिमको घोषणा भएको छ ।
घरेलु टोलीविरुद्धको ३ खेलको एकदिवसीय सिरिजका लागि भारतले शिखर धवनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
६ वर्षपछि जिम्बावे भ्रमणमा निस्कन लागेको टोलीमा पूर्व कप्तान विराट कोहली अटाएका छैनन् । वेस्ट इन्डिजविरुद्धको जारी सिरिजमा समेत कोहली रहेका छैनन् ।
भारतीय टोलीले १८ अगस्टमा पहिलो एकदिवसीय खेल्नेछ ।
भारतीय टोली :
शिखर धवन,ऋतुराज गायकवाड,शुभमन गिल, वासिङटन सुदर,दिपक हुडा,सन्जु सामसन,ईशान किसन,राहुल त्रिपाटी,अक्षर पटेल,प्रसिद्ध कृष्णा,कुलदिप यादब,आवेश खान,मोहम्मद सिराज,शार्दुल ठाकुर,दिपक चाहर
